टेलिकमको नाफासँगै आम्दानी पनि घट्यो – Nepal Press

टेलिकमको नाफासँगै आम्दानी पनि घट्यो

काठमाडौं । नेपाल टेलिकम (एनटीसी ) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको आम्दानीसँगै खुद नाफामा पनि गिरावट आएको छ ।

नेपाल टेलिकमले शुक्रबार सार्वजानिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक (साउनदेखि पुस मसान्तसम्म)  को वित्तीय विवरण अनुसार, खुद मुनाफा उल्लेख्य रूपमा घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँले कम हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा टेलिकमको बिक्री आम्दानी १८ अर्ब ३ करोड रुपैयाँबाट घटेर १७ अर्ब ७२ लाख रुपैयाँ सीमित भएको छ ।

नाफासँगै टेलिकमको प्रतिशेयर आम्दानी पनि गिरावट आएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६५ रुपैयाँ ८६ पैसा रहेको टेलिकमले यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४३ रुपैयाँ ८६ पैसामा झरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर