प्रहरीसमक्ष रामकुमारीको लिखित वयान- राष्ट्रपतिप्रति मेरो सधैं सम्मान छ – Nepal Press

प्रहरीसमक्ष रामकुमारीको लिखित वयान- राष्ट्रपतिप्रति मेरो सधैं सम्मान छ

काठमाडौं । करीब ६ घण्टासम्म महानगरीय प्रहरी अपराध महाशाखामा रहेकी विघटित प्रतिनिधिसभा सदस्य तथा नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिप्रति आफ्नो सम्मान सधैं रहेको लिखित वयान दिएपछि रिहा भएको प्रहरीले जनाएको छ ।

सोधपुछका लागि बोलाउँदा नआएपछि घरमै गएर ल्याएको प्रहरीले उनलाई अदालती अभियोजन प्रक्रियामा लैजान नचाहेको स्रोतले जनाएको छ । झाँक्रीलाई पक्राउ गरिएकोमा राष्ट्रपति कार्यालयले असन्तुष्टि जनाएको समेत स्रोतको दाबी छ ।

झाँक्रीले रिहा हुने बेला दिएको लिखित वयानमा भनेकी छन्– संवैधानिक राष्ट्रपति प्रति मेरो हिजो पनि सम्मान थियो,आज पनि छ र भोलि पनि रहन्छ । मैले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हक उपभोग गरेको हो ।

अपराध महाशाखाका प्रमुख दीपक थापाले सोधपुछका क्रममा राष्ट्रपतिको अपमान गर्ने उद्देश्य नरहेको र सम्मान रहेको लिखित वयान दिएपछि मुद्दा चलाउन आवश्यक नदेखी रिहा गरिएको नेपाल प्रेसलाई बताए । रिहाइपछि पनि झाँक्रीले राष्ट्रपतिसँग व्यक्तिगत केही नभएको भन्दै आफूले प्रवृत्तिको विरोध गरेको बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर