लाखाैँ ठगी गरेको अभियोगमा एकजना पक्राउ – Nepal Press

लाखाैँ ठगी गरेको अभियोगमा एकजना पक्राउ

झापा । अनलाईनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै लाखौ पैसा ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न बैंकको खाता नम्बर दिएर पैसा ठगी गर्ने अभियोगमा अर्जुनधारा नगरपालिका–९ का २९ वर्षका पंकज पौडेली विकलाई आइतबार झपा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका–२ चारपानेबाट पंकजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट नगद ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ, १ थान सवारी दर्ता किताब, विनोद काफ्लेको नामको सवारी चालक अनुमतिपत्र, अनिल बस्नेत नामको सवारी चालक अनुमतिपत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी, पंकजको घरबाट नगद २ लाख ८ हजार २ सय र उनको घर पछाडि रहेको गाई ग्वालीको गोवरको थुप्रोभित्र फेला परेको लेडिज झोलाबाट नगद ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

उनलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर