सरकारविरोधी प्रदर्शनमा सहभागी भएको भन्दै रुसद्वारा ३ कुटनीतिज्ञलाई देशनिकाला – Nepal Press

सरकारविरोधी प्रदर्शनमा सहभागी भएको भन्दै रुसद्वारा ३ कुटनीतिज्ञलाई देशनिकाला

एजेन्सी । रुसले सरकारबिरोधी अभियान्ता एलेक्सी नाभेल्नीको समर्थनमा निस्किएको जुलुसमा सहभागी भएको आरोपसहित जर्मनी, स्वीडेन र पोल्याण्डका एक एक कुटनीतिक अधिकारीलाई देश निकाला गरेको छ ।

नाभेल्नीलाई दुई साताअघि रुस प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

रुशी विदेश मन्त्रालयले भनेको छ कि तीनै जनाले जनवरी २३ मा भएको ‘अवैध प्रदर्शन’मा सहभागिता जनाएका थिए । कुटनीतिज्ञलाई देशनिकाला गरेकोमा सम्बन्धित देशसहित युरोपेली युनियन, फ्रान्स र बेलायतले पनि विरोध गरेको छ ।

नाभेल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सबैभन्दा कडा आलोचक मानिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर