अन्तिम प्रतिस्पर्धामा धनगढी र होराइजन भिड्ने – Nepal Press

अन्तिम प्रतिस्पर्धामा धनगढी र होराइजन भिड्ने

रुपन्देही । रुपन्देहीमा जारी १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा धनगढी क्रिकेट एकेडेमी र न्यू होराइजन क्रिकेट एकेडेमी भिड्ने भएका छन् ।

आज भएको सेमिफाइनलको अन्तिम खेलमा न्यू होराइजन क्रिकेट एकेडेमीले कासी नोबल एकेडीमीलाई २३ रनले पराजित गर्दै फाइनलमा धनगढीसँग भिड्ने आफ्नो यात्रा तय गरेको हो ।

आजको खेलमा सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १ सय २१ रन बनायो । उसका लागि अमर थापाले २७ र सचिन थापाले अविजित २६ रन बनाए ।

बलिङमा कासीका रमेश कुर्मी, सन्देश जिसी र अर्जुन कारोसले समान २÷२ विकेट लिए । जवाफी ब्याटिङ गरेका कासीले ३४ दशमलव २ ओभरमा सबै विकेट गुमाई ९८ रनमै समेटियो ।

उसका लागि सन्तोष यादवले २७ र सिद्धार्थ अधिकारीले १४ रन बनाए । बलिङमा होराइजनका सुमित पराजुलीले ७ ओभरमा ४ मेर्डन राख्दै ७ रन खर्चेर ४ विकेट लिए ।
यस्तै, प्रकाश गिरी र अनिल थापाले समान १÷१ विकेट लिए । सुमित पराजुली म्यान अफ द म्याच भए ।

पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा जारी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ ।

यस्तै, उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्नेछ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ । यो प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर