प्रिमियर लिगमा म्यानचेस्टर सिटीको लगातार १३ औं जित, ब्राइटनसँग हार्‍यो लिभरपुल – Nepal Press

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको लगातार १३ औं जित, ब्राइटनसँग हार्‍यो लिभरपुल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले बर्नलीमाथि २–० को जित निकाल्दै ३ अंकको अग्रता यथावत राखेको छ । लिगमा सिटीको यो लगातार १३ औं जित पनि हो ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले मंगलबार म्यानचेस्टर युनाइटेडले साउथह्याम्प्टनमाथि फराकिलो अन्तरको जितसहित दवाव पेश गरेकोमा सहज जितले खु्सी लागेको बताए ।

घरेलु मैदानमा बर्नलीले आफ्ना गोलरक्षक निक पोपको कमजोरीका कारण तेस्रो मिनेटमै गोल खान पुगेको हो । गाव्रियल जेससले सुरुआती गोल गरेका हुन् । उनले सिटीका लागि ७५ औं गोल गरे ।

सिटीले नियन्त्रणमा राखेको खेलको ३८ औं मिनेटमा रहिम स्टर्लिङले दोस्रो गोल गरे । रियाद मेहेरेजले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता नदिएपछि सिटी २–० ले विजयी भयो ।

जितपछि २१ खेलबाट सिटीको ४७ अंक भएको छ । ४४ अंक रहेको युनाइटेडले १ खेल बढी खेलेको छ । रेलिगेसन क्षेत्रबाट ७ अंक टाढा रहेको बर्नलीले २१ खेलबाट २२ अंक जोडेको छ ।

गएराति नै भएको अर्को खेलमा साविक विजेता लिभरपुलले ब्राइटनसँग १–० गोलको अप्रत्यासित पराजय ब्यहोरेको छ । रेलिगेसनको खतरा टार्नका लागि निकै नै महत्वपूर्ण र अविश्वसनीय अंक हासिल गरेको ब्राइटन तीन स्थान सुधार गरी १५ औं स्थानमा पुगेको छ ।

चोटग्रस्त लिभरपुलले आफ्नै मैदान एनफिल्डमा ५६ औं मिनेटमा गोल खाएको हो । ब्राइटनका लागि अल्जाटेले निर्णायक गोल गरे ।

लिभरपुल अंकतालिकामा शीर्ष स्थानको सिटीभन्दा ७ अंकले पछाडि छ । घरेलु मैदानमा डिसेम्बर १६ यता लगातार तेस्रो खेलमा गोल गर्न असमर्थ देखिएको छ । यस्तो भएको अक्टोबर १९८४ यता नै पहिलोपल्ट हो ।

प्रिमियर लिग अन्तर्गत घरेलु मैदानमा ६८ खेलसम्म नहारेको लिभरपुल लगातार दोस्रोपल्ट हार्न पुगेको छ । प्रशिक्षक जर्गेन क्लोपले सिटम अप्ठेरोमा रहेको स्वीकार गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर