शपथ लिएका संवैधानिक निकायका पदाधिकारीलाई रोक्न सर्वोच्चमा रिट – Nepal Press

शपथ लिएका संवैधानिक निकायका पदाधिकारीलाई रोक्न सर्वोच्चमा रिट

काठमाडौं । विभिन्न संवैधानिक नियायका पदाधिकारीलाई काम गर्न रोक लगाउन आदेश जारी हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक पदाधिकारीहरूको नियुक्ति रोक्न माग गर्दै मंगलबार निवेदन दिएको भए पनि बुधबार मात्रै सर्वोच्चले निवेदन दर्ता गरेको हो । त्रिपाठीले दायर गरेको रिटमा संवैधानिक परिषद्‌मा गरिएको सिफारिश कानूनसम्मत नभएको जिकिर गरिएको छ।

राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध दायर रिटमा संविधानमा संसदीय सुनुवाईलाई बाध्यात्मक बनाएकोले उनीहरुको नियुक्ति गैरकानूनी हुने उनको जिकिर छ।

बुधबार विभिन्न संवैधानिक निकायका ३२ पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर