अस्ट्रेलियन ओपन ३ साता सरेर मैले ‘फिट’ हुने समय पाएँः सेरेना – Nepal Press

अस्ट्रेलियन ओपन ३ साता सरेर मैले ‘फिट’ हुने समय पाएँः सेरेना

एजेन्सी । अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन निर्धारित मितिमा तीन साता अगाडि आयोजना भएको भए आफू खेल्न नपाउने बताएकी छन् ।

सहभागी खेलाडीलाई क्वारेन्टीनको अवधिसमेत जोडेर केहि समय सारिएको प्रतियोगिता मेलवर्नमा अर्को सातादेखि सुरु हुँदैछ ।
सेरेनाका लागि अर्को साता २४ औं ग्राण्डस्लाम जित्ने कीर्तिमान बराबरी गर्ने अवसर हुन सक्छ । उनले भनेकी छन्, ‘मलाई साँच्चिकै केहि समयको आराम आवश्यक थियो ।’ सेप्टेम्बरमा युएस ओपनका क्रममा उनले कुर्कुच्चाको चोट बोकेकी थिइन् । त्यही चोटबाट मुक्त हुन उनलाई समय लागेको हो ।

सेरेनाले सोमबार प्रतियोगिताको वार्म अप म्याचमा अस्ट्रेलियाकै डारिय गाभ्रिलोभालाई २–० को सेटमा पराजित गरिन् ।

‘यो प्रतियोगिता नियमित समयमा सुरु भएको भए मलाई लाग्दैन कि म यहाँ आएर खेल्न सक्नेछु,’ ३९ वर्षीया सेरेनाले भनिन्,’ कुर्कुच्चाको चोट भनेको निकै नै खराव हुने रहेछ । मैले यति लामो समय चोटग्रस्त विताउनुपर्ला भन्ने सोचेको पनि थिइनँ ।’

सेरेनाले अस्ट्रेलियन ओपनमा आफ्नो पहिलो खेल बुल्गेरियाकी भेटाना पिरोन्कोभासँग खेल्नेछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *