निफ्राको आईपीओ बाँडफाँट, तपाईंलाई कति पर्‍यो ? – Nepal Press

निफ्राको आईपीओ बाँडफाँट, तपाईंलाई कति पर्‍यो ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ बाँडफाँट भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको अनुसार उक्त शेयरको बाँडफाँट आज बिहान १० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाटमा भएको हो ।

१० देखि ५० कित्ता आवेदन गर्ने लगानीकर्ताले १ करोड १२ लाख १९ हजार ८० कित्ता पाउनेछन् । त्यसैगरी ६० देखि २ लाख कित्ता आवेदन गर्ने लगानीकर्ताले थप ५० कित्ताका दरले ५ करोड ९७ लाख २ सय कित्ता पाउनेछन् । बाँकी रहेको ४९ लाख २० हजार ७ सय २० कित्ता शेयर ६० देखि २ लाख कित्ता माग गर्ने लगानीकर्ताले थप १० कित्ताका दरले प्राप्त गर्नेछन् ।

बैंकले गत माघ २ गतेदेखि माघ ६ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो ।

जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । र, बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

१२ अर्ब रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी आईपीओ बाँडफाँट पछि २० अर्ब रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर