वैज्ञानिक वन व्यवस्थापन खारेज गरेकोमा सामुदायिक वन उपभोक्ताको स्वागत – Nepal Press

वैज्ञानिक वन व्यवस्थापन खारेज गरेकोमा सामुदायिक वन उपभोक्ताको स्वागत

काठमाडौं । सामुदायिक वन उपभोेक्ता महासंघले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरी वन पैदावर उपयोग तथा विक्री वितरण खुला गर्ने सरकारको निर्णयलाई समर्थन जनाएको छ ।

महासंघ अध्यक्ष भारती पाठकले वनको दिगो व्यवस्थपन सिद्धान्तलाई चुनौती दिँदै वन क्षेत्रमा जबर्जस्ती लागू गरिएको सो कार्यक्रम खारेज गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र वनमन्त्री प्रेम आलेलाई धन्यवाद दिएकी हुन् ।

पाठकले वक्तव्यमार्फत भनेकी छन्, ‘वनको दिगो व्यवस्थापन कार्यक्रम कार्यन्वयन गर्दै सामुदायिक वनको उपभोक्ताले प्राप्त गरेकोय अधिकार भरपूर उपयोग गर्न पाउनुपर्छ । स्थानीय उपभोक्ताको स्वायत्त अधिकिारमा हस्तषेप बन्द गरियोस भन्ने आवाज सुनुवाई भएकोमा सरकारलाई धन्यवाद ।

पाठकले वनबाट उत्पादन बढाउने र स्थानीयको रोजगारी सिर्जना गर्ने विषयमा महासंघ दृढढ संकल्प रहेको बताएकी छन् । सरकारले हालै वैज्ञानिक वन व्यवस्थापन कार्यविधी २०७१ खारेज गरेकाे थियाे ।

संसदको लेखा समिति लगायतले सो कार्यक्रमका नाममा अर्बौको वन पैदावर ठेकेदारमार्फत निकासी भएको र उपभोक्ताको अधिकार हनन् भएको भन्दै खारेजको सुझाव दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर