संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत निर्णय: नेपाली कांग्रेस – Nepal Press

संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत निर्णय: नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्धको आन्दोलन पार्टीको सर्वसम्मत निर्णय भएको प्रष्ट्याएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ती जारी गर्दै आन्दोलनका विषयमा कांग्रेसमा विवाद रहेको भनी आएका समाचारमा सत्यता नरहेको दावी गरेका छन् ।

‘संसद विघटनको असंवैधानिक , अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम विरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा छ । कतिपय सञ्चार माध्यममा नेपाली कांग्रेसभित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेको भ्रमपूर्ण समाचार प्रकाशित भएको हुँदा त्यसलाई स्पष्ट गर्न यो प्रेस नोट प्रकाशित गरिएको छ ।’, पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्ण बहादुर दड्काद्वारा केन्द्रीय समितिमा प्रस्तुत भएर सर्वसम्मत रुपमा आन्दोलनका कार्यक्रम पारित भएको उल्लेख गरिएको छ ।

विगतका आन्दोलन र अगामि आन्दोलन दुवैबारे कांग्रेसमा विवाद नरहेको दावी विज्ञप्तीमार्फत मुख्यसचिव पौडेलले गरेका छन् ।

कांग्रेसले माघ १९ गते भ्रातृसंस्थाहरुको संयोजनमा ७७ वटै जिल्लामा प्रदर्शन र सभा गर्दैछ । त्यस्तै शुभेच्छुक संस्थाहरुको आयोजनामा माघ २४ गते तथा जिल्ला कार्यसमितिको आयोजनामा फागुन ३ गते देशव्यापी प्रदर्शन हुन लागेको विज्ञप्तीमा जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर