पूर्वराजालाई प्रचण्डले प्रयोग गरेको भाषा नीचतापूर्ण– कमल थापा – Nepal Press

पूर्वराजालाई प्रचण्डले प्रयोग गरेको भाषा नीचतापूर्ण– कमल थापा

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति अमर्यादित शब्द प्रयोग गरेको भन्दै निन्दा गरेका छन् ।

प्रचण्डले शुक्रबार रत्नपार्कको आमसभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीलाई गाली गर्दै पूर्व राजा ज्ञानेन्द्रलाई ‘ज्ञाने’ शब्द प्रयोग गरेर तुलना गरेका थिए ।

प्रचण्डको सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै थापाले प्रचण्डको हतास र विचलित मानसिकता प्रदर्शित भएको टिप्पणी गरेका छन् ।

थापाले भनेका छन्–हिजोको सभामा दुईपटक प्रधानमन्त्री भएका प्रचण्डले पूर्व राष्ट्रप्रमुख, लाखौं जनताको आस्था र विश्वासका धरोहर र एक सम्मानित नागरिक राजा ज्ञानेन्द्रको नामलाई जुन अमर्यादित रुपमा प्रस्तुत गर्नुभयो, त्यसले प्रचण्डको हतास-विचलित मानसिकतालाई प्रदर्शित गरेको छ । प्रचण्डको नीचतापूर्ण व्यवहारको निन्दा गर्दछु ।


प्रतिक्रिया

One thought on “पूर्वराजालाई प्रचण्डले प्रयोग गरेको भाषा नीचतापूर्ण– कमल थापा

  1. कुनै सानो तिनो हस्ती हैन,राजा र जनताको प्रेम ।
    राजा ,जनताको सपनाको ज्यान हुन्छ..!
    राजा सिर्फ राजा मात्र हुँदैन,
    राजा देश र जनताको पहिचान हुन्छ..!!
    नेपाल र नेपाली को लागी मात्र
    जय देश जय नरेश
    कल्पीत ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर