‘पार्टी खारेज गर्नुपर्छ, मन्त्री पनि प्रत्यक्ष निर्वाचित हुनुपर्छ’
एक–दुई नेतालाई सनक चल्यो भन्दैमा जनता सबै विभाजित हुने अवस्था आउनु के सही हो र ? उनीहरूले अँगालो हाल्दैमा हामीले पनि अँगालो हाल्ने । उनीहरू छुट्टिए भने हामी पनि छुट्टिने । के हाम्रो आफ्नै चाहिं विवेक छैन र ? एक नेताको मन बदलियो भन्दैमा जनताको पनि मन बदलिनुपर्ने ! के जनताको आफ्नै मुटु छैन र ? एक–दुई नेतालाई सनक चढ्छ, अनि जनताहरू बहकिएर सडकमा जिन्दावाद र मुर्दावादका नारा लगाउँछन् । मसाल जलाउँछन् । यो क्रम अब रोकिनुपर्छ ।
राजनीतिले पढ्दै नपढेकाहरूलाई शिक्षामन्त्री बनाउँछ । खेलकुदमा इच्छै नभएकाहरू खेलकुद मन्त्री बन्छन् । खेलकुद मन पराउँदैनन् तर खेलकुदमन्त्री बन्न मनपराउँछन् । मोबाइल समेत चलाउन नजान्नेहरू प्रविधिमन्त्री बन्छन् । अनि कसरी त्यो क्षेत्रको विकासमा उसले केही योगदान दिन सक्छ ? व्यवस्था जति परिवर्तन गरिए पनि त्यो जनताको लागि हुनुपर्छ । तर नेपालमा व्यवस्था परिवर्तन नेताका लागि मात्र भइरहेको छ । जनताले अनुभूत नै गर्न पाइरहेको छैन ।
अब प्रमाणित भइसक्यो कि गणतन्त्र भनेर मात्रै पनि देशको कायापलट हुँदैन । त्यसैले अब प्रधानमन्त्री मात्र हैन, सम्पूर्ण मन्त्रीहरू समेत जनताबाट निर्वाचनमार्फत प्रत्यक्ष निर्वाचित हुनुपर्छ । प्रधानमन्त्री र अर्थमन्त्रीलाई देशका सम्पूर्ण जनताले मत दिएर प्रत्यक्ष निर्वाचित गराउनुपर्छ ।
शिक्षामन्त्रीलाई देशभरका शिक्षक, शिक्षण संस्था र शिक्षासँग सम्बन्धित व्यक्तिहरूले मात्र मत दिन पाउनुपर्छ । कृषि मन्त्रीलाई कृषक, कृषि सम्बन्धी संस्था र कृषि काममा जोडिएका जनताहरूले मात्र मत दिन पाउनुपर्छ । खेलकुद मन्त्रीलाई खेलाडीहरूले मात्र मत दिन पाउनुपर्छ । उद्योगमन्त्रीलाई उद्योग व्यवसायी तथा व्यापारीले मात्र मत दिन पाउनुपर्छ ।
अब प्रमाणित भइसक्यो कि गणतन्त्र भनेर मात्रै पनि देशको कायापलट हुँदैन । त्यसैले अब प्रधानमन्त्री मात्र हैन, सम्पूर्ण मन्त्रीहरू समेत जनताबाट निर्वाचनमार्फत प्रत्यक्ष निर्वाचित हुनुपर्छ । प्रधानमन्त्री र अर्थमन्त्रीलाई देशका सम्पूर्ण जनताले मत दिएर प्रत्यक्ष निर्वाचित गराउनुपर्छ ।
गृहमन्त्रीलाई सम्पूर्ण सुरक्षा निकायले मत दिनुपर्छ । जनताले प्रत्यक्ष मत हाल्न नमिल्ने मन्त्रालयहरू, जस्तै– परराष्ट्र मन्त्रालयको मन्त्रीलाई निर्वाचित प्रधानमन्त्रीले योग्यता र क्षमताको आधारमा मनोनयन गर्दा पनि हुने भो । अनि मतदाता परिचयपत्र पनि फरक फरक हुनुपर्छ ।
जस्तै कृषिमन्त्रीलाई मत दिने अधिकार भएका जनताको मतदाता परिचयपत्रमा कृषि मतदाता परिचयपत्र लेखिनुपर्यो । शिक्षासँग सम्बन्धित मतदाताको परिचयपत्रमा शिक्षा मतदाता परिचयपत्र लेखिनुपर्यो । यस्तो पत्र उनीहरूको पेशा, रोजगारी वा कामका प्रमाणका आधारमा दिइनुपर्यो ।
अनि यो नेकपा, कांग्रेस, राप्रपा, समाजवादी अनि अरू के–के पार्टी हो सबै खारेज हुनुपर्यो । अब कृषि पार्टी, शिक्षा पार्टी, खेलकुद पार्टी, विज्ञान तथा प्रविधि पार्टी । यस्ता पार्टीहरू हुनुपर्यो । र जोसँग सोही बमोजिमको मतदाता परिचयपत्र छ, त्यो व्यक्तिले सो पार्टीको स्वतः सदस्यता पाउनुपर्यो ।
यसले के हुन्छ भने पहिलो त सोही क्षेत्रको हामी आफैंले चुनेको योग्य मन्त्री हामीले पाउँछौं । मन्त्रीहरूलाई काम गर्न पनि सजिलो हुन्छ । एउटा मन्त्रालयले अर्को मन्त्रालयमा डिस्टर्ब पनि हुन्न ।
फरक पार्टीका कार्यकर्ता–कार्यकर्ताबीच कुटाकुट र भनाभन पनि हुँदैन । र कुन पेशामा अनि कुन क्षेत्रमा कति जनता छन्, यो पनि स्पष्ट हुन्छ । अर्थ मन्त्रालयलाई बजेट विनियोजन गर्दा पनि सजिलो पर्छ । अनि दल–दलबीचको ल्याङल्याङ पनि हुन्न । किनभने कृषि पार्टीका नेता कार्यकर्तालाई खेलकुद पार्टीसँग मतलब हुन्न । शिक्षा पार्टीलाई अरु पार्टीसँग हुन्न । आफ्नो–आफ्नो लाइन हुन्छ । त्यही लाइनको काम हुन्छ ।
गृहमन्त्रीलाई सम्पूर्ण सुरक्षा निकायले मत दिनुपर्छ । जनताले प्रत्यक्ष मत हाल्न नमिल्ने मन्त्रालयहरू, जस्तै– परराष्ट्र मन्त्रालयको मन्त्रीलाई निर्वाचित प्रधानमन्त्रीले योग्यता र क्षमताको आधारमा मनोनयन गर्दा पनि हुने भो । अनि मतदाता परिचयपत्र पनि फरक फरक हुनुपर्छ ।
म पनि विज्ञान तथा प्रविधि पार्टीको मान्छे भनेर लाग्नेछु । हजुरहरू पनि सोही अनुसार पार्टीमा लाग्नुस् । अनि मात्र देश विकासले स्थायित्व पाउँछ । स्थायी नामको सरकारले स्थायित्व पाउँछ । काम गर्ने माहोल बन्छ । ल्याङल्याङ हुँदैन । बहुमतको बदमासी खेलले सरकार ढाल्ने बनाउने काम हुँदैन ।
हुन त शायद यो कुरो मात्र हुन्छ । कुनै पनि व्यवस्था देशमा नटिकेपछि मनमा आयो अनि मुखले भनें । प्राक्टिकल्ली यस्तो व्यवस्था बनाउन मैले मात्र चाहेर पनि हुन्न । यसमै पनि धेरै कमजोरीहरू हुन सक्छन् । यो मेरो बच्चा–कुरा जस्तो मात्र पनि हुन सक्छ । तपाईंहरूलाई के लाग्छ ?
म प्रविधि क्षेत्रको मान्छे तर हरेक क्षेत्र देशसँग जोडिएको हुन्छ, अनि देश राजनीतिसँग जोडिएको हुन्छ । त्यसैले केही बोल्न बाध्य भएँ । म मात्र हैन, राजनीतिक नेता कार्यकर्ता मात्र पनि हैन अब हरेक क्षेत्रका नेपालीहरूले बोल्नुपर्ने बेला पनि आएको छ ।
नेपालमा जन्माइएका कुनै पनि व्यवस्थाले बाल्यकालमै मृत्युवरण गरिरहेको छ । देश बन्न कि नेता ठीक हुनुपर्छ कि जनता । तर दुवै खराब छन् भने व्यक्तिका कारण व्यवस्थाको मृत्यु हुन्छ । अनि देश दुर्घटनामा पर्छ । नेपालले विश्वका धेरै देशका व्यवस्थाहरूको नक्कल गर्यो ।
धेरै पुरानो शासनशैली राजतन्त्र सधैंका लागि हटाइयो । राणाहरूले देश चलाए । राणा पनि फालियो । पञ्चहरूले चलाए । पञ्चतन्त्र पनि फालियो । प्रजातन्त्र ल्याइयो । त्यो पनि फालियो । गणतन्त्र आयो । अब यसमाथि पनि धेरै प्रश्नहरू खडा भएका छन् । झन् बढी ल्याङल्याङ, झन् बढी किच्किच् । सबै राजा बन्न खोज्ने ।
नेपालमा जन्माइएका कुनै पनि व्यवस्थाले बाल्यकालमै मृत्युवरण गरिरहेको छ । देश बन्न कि नेता ठीक हुनुपर्छ कि जनता । तर दुवै खराब छन् भने व्यक्तिका कारण व्यवस्थाको मृत्यु हुन्छ । अनि देश दुर्घटनामा पर्छ । नेपालले विश्वका धेरै देशका व्यवस्थाहरूको नक्कल गर्यो ।
यति छोटो समयमा यति धेरै व्यवस्था परिवर्तन भएको देश शायद नेपालै मात्र होला । यति छोटो समयमा व्यवस्थाहरू परिवर्तनकै लागि यति धेरै आन्दोलन भएको शायद नेपालमै मात्र होला । तर अब प्रमाणित भइसक्यो कि व्यवस्था हैन व्यक्ति परिवर्तन हुनुपर्छ । हामी पनि भन्ने गथ्र्याैं, देशको विकास नहुनुमा नेपालमा स्थिर र स्थायी सरकार नभएर हो । किनभने पहिले ९/९ महिनामै सरकार ढल्थ्यो । अहिले पनि पारा त्यस्तै छ । यस्तै खेलहरूले देश माइनसतिर जाँदैछ ।
एउटा कथाको याद आयोः
अमेरिकामा विश्वकै ठूलो पशु प्रतिस्पर्धा हुन लागेको रहेछ । प्रत्येक देशबाट त्यहाँ सहभागी गराउन पशुहरू लैजान थालियो । नेपालबाट पनि सो प्रतिस्पर्धामा सहभागी गराउन पाँच वटा नेपाली भ्यागुताहरू लगियो ।
कार्यक्रमस्थलमा पुगेपछि नेपाली भ्यागुताहरू देखेर आयोजकहरू तीन छक्क परे । किनभने नेपालदेखि अमेरिकासम्मको त्यति लामो यात्रामा ती ५ भ्यागुताहरूलाई बिर्को समेत नभएको भाँडोमा राखेर ल्याइएको रहेछ । फेरि पनि एउटै भ्यागुता भागेको रहेनछ । सबै भाँडोभित्रै रहेछ ।
अनि आयोजकले संसारमा नेपाली भ्यागुता जतिको इमानदार अनि अनुशासित भ्यागुता अरू कहीं छैन भनेर यो प्रतिस्पर्धाको विजेता नेपाललाई घोषणा गर्यो । र, नेपाल पहिलो बन्यो । तर भएको चाहिं के रहेछ भने, त्यो भाँडोबाट कुनै एक भ्यागुता फुत्त भाग्न खोजेको रहेछ अनि अर्कोले उसको खुट्टो तानेर डङरङ्ग पछारिदिंदो रहेछ । फेरि अर्को भ्यागुतो उफ्रेर भाग्न खोज्दा अर्कोले खुट्टो तान्ने रहेछ । यही तरिकाले नेपालदेखि अमेरिकासम्मको यात्रामा कुनै पनि नेपाली भ्यागुता त्यो भाँडोबाट निस्कन सफल हुनै सकेन ।
कार्यक्रमस्थलमा पुगेपछि नेपाली भ्यागुताहरू देखेर आयोजकहरू तीन छक्क परे । किनभने नेपालदेखि अमेरिकासम्मको त्यति लामो यात्रामा ती ५ भ्यागुताहरूलाई बिर्को समेत नभएको भाँडोमा राखेर ल्याइएको रहेछ । फेरि पनि एउटै भ्यागुता भागेको रहेनछ । सबै भाँडोभित्रै रहेछ ।
अब यो कथालाई नेपाली राजनीतिसँग जोडेर थप व्याख्या–विश्लेषण गरिरहनुपर्छ जस्तो मलाई लाग्दैन ।
मैले भनेको जस्तो व्यवस्था त एउटा कल्पना मात्र हो । हामी शायद चलिरहेकै व्यवस्थामा धेरै रुमलिनुपर्छ । त्यसैले अबका निर्वाचनहरूमा केपी प्रचण्ड माधव नेपाल वा शेरबहादुर देउवाको अनुहार हेरेर भोट हाल्ने हैन, हाम्रो क्षेत्र बनाउन सक्ने योग्य उम्मेदवार हेरेर मतदान गरौं । हाम्रो क्षेत्र बनाउने हाम्रै क्षेत्रको मान्छेले हो ।
अब पनि हामीले त्यही पार्टीगत आस्था र गुटको बहकावमा आएर मतदान गर्छौं भने हामी सधैं जहींको तहीं हुनेछौं । आस्था पार्टीमा हैन, आफ्नो ठाउँमा राखौं । र जसले आफ्नो ठाउँलाई राम्रो बनाउन सक्छ जस्तो लाग्छ हरेक निर्वाचनहरूमा उसैलाई मतदान गरौं ।
(लेखक कम्प्युटर एशोसिएसन नेपाल क्यानका केन्द्रीय सदस्य हुन् ।)