मोन्चेनग्लाडबाखसँग डर्टमन्ड पराजित – Nepal Press

मोन्चेनग्लाडबाखसँग डर्टमन्ड पराजित

एजेन्सी । बोरुसिया मोन्चेनग्लाडबाखले बोरुसिया डर्टमन्डलाई जर्मन बुन्डेसलिगामा शुक्रबार राति ४–२ को नजितामा पराजित गरेको छ । घरेलु मैदानमा मोन्चेनग्लाडबाखलाई विजयी बनाउन निको एल्भेडीले दुई तथा रामी बेन्सेबेइनी र मार्कुस थुरामले एक-एक गोल गरे ।

एल्भेडीले ११औं मिनेटमा गरेको पहिलो गोलसँगै मोन्चेनग्लाडबाखले अग्रता लिएको थियो । तर, २२औं मिनेटमा डर्टमन्डका युवा स्टार एर्लिङ ब्राउट हालान्डले भ्रमणकारी टोलीका लागि बराबरी गोल फर्काएका थिए । त्यसको ६ मिनेट नबित्दै हालान्डले गरेको दोस्रो गोलसँगै डर्टमन्डले १–२ को अग्रता बनाएको थियो

तर, त्यसको चार मिनेट बित्न नपाउँदै एल्भेडीले व्यक्तिगत दोस्रो गोल गर्दै मोन्चेनग्लाडबाखलाई बराबरीमा फर्काएका थिए ।

पहिलो हाफ २–२ गोलको बराबरीमा टुङ्गिएको खेलको दोस्रो हाफमा मोन्चेनग्लाडबाखले दुई गोल थप्यो । रामीले ४९औं मिनेटमा गरेको गोलसँगै ३–२ को अग्रता लिएको मोन्चेनग्लाडबाखका लागि थुरामले ७८औं मिनेटमा चौथो गोल गर्दै जित सुनिश्चित गरे ।

जितसँगै १८ खेलबाट ३१ अंक बटुलेको मोन्चेनग्लाडबाख तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट २९ अंक जोडेको डर्टमन्ड चौथो स्थानमा छ । लिग लिडर बार्यनले १७ खेलबाट ३९ अंक जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर