प्रहरीमाथी हातपात गर्ने १५ जना विरुद्ध अभद्र व्यवहारको मुद्वा – Nepal Press

प्रहरीमाथी हातपात गर्ने १५ जना विरुद्ध अभद्र व्यवहारको मुद्वा

काठमाडौं । प्रहरी प्रभाग नयाँ बसपार्कमा सोधपुछका लागि ल्याइएका १३ जना पारलैंगिकको समुहले प्रभागका ड्युटी अधिकृतलाई हातपात गर्नेमाथी प्रहरीले अभद्र व्यवहार विरुद्धको मुद्वा चलाएको छ ।

बिहिबार राती अन्दाजी साढे १० बजेतिर सर्वसाधारणबाट बाटोमा हिड्ने व्यक्तिलाई द्रुव्यवहार गरेको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले १३ जनालाई सोधपुछका लागि कार्यालयमा ल्याएको थियो ।

सोधपुछका क्रममा ड्युटी अधिकृतको टेबुलमा रहेको सिसा फुटाईदिएको र फुटेको सिसाले ड्युटीमा खटिएका प्रहरीलाई नै प्रहार गरेपछि उनिहरुलाई अभद्र व्यवहार विरुद्ध प्रहरीले मुद्वा चलाएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

सोधपुछका क्रममा उनिहरुले नजिकै क्यान्टिमा रहेका कोकका खाली बोत्तलले पनि प्रहार गरेको र फुटाईएका सिसाको बोत्तलले आफैलाई पनि हानेर चोट पुर्याउन खोजेपछि उनिहरु विरुद्ध महानगरीय प्रहरी बृत महाराजगंज, गौशाला, बालाजु र सोह्रखुट्टेबाट अभद्र व्यवहारमा म्याद थप गरि उनिहरुमाथी थप छानबीन तथा अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीपी हरिबहादुर पालले नेपाल प्रेसलाई जानकारी दिए ।

पारलैंगिकको समुहले कार्यालयमा तोडफोड गर्नुका साथै प्रभागमा ढुंगामुढा गरेपछि प्रभागमा रहेका प्रहरी जनशक्तिले स्थिती नियन्त्रण गर्न मुस्किल हुदाँ महानगरीय प्रहरी बृत महाराजगंज र बालाजु तथा प्रहरी प्रभाग तिलिंगेटारबाट समेत थप प्रहरी टोली परिचालन गरेर स्थिती नियन्त्रणमा लिएको उनले बताए ।

पक्राउ गरिएका १३ जनलाई प्रहरी बृत महाराजगंजमा राखिएको अवस्थामा पारलैंगिक समहुका थप व्यक्ति पनि भेला भई महाराजगंज वृतमा पनि हो–हल्ला गरेपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिने क्रममा ३ जना पारलैंगिकलाई समेत पक्राउ गरि उनिहरु विरुद्ध पनि मुद्वा चलाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर