प्रदेश १ ले कर्णालीलाई दियो २१६ रनको लक्ष्य
काठमाडौं । कप्तान सिद्धान्त लोहनीको अर्धशतक मद्दतमा प्रदेश नम्बर एकले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशसामु २१६ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१५ रनको योगफल तयार गर्यो । प्रदेश १ का लागि कप्तान सिद्धान्तले ९७ बलमा ९ चौकासहित ६६ रन बनाए ।
शुभन्कर उराओले २८ बलमा ३ चौका र २ छक्कासहित ३६, मिनाश थापाले २५ तथा श्रावण यादव र फिर्दोस अन्सारीले १७÷१ रनको योगदान गरे ।
कर्णालीका लागि रबिन्द्र शाहीले ८ ओभरमा ३६ रन खर्चेर १ मेडनसहित २ विकेट लिए । अनुज चुनारा र दिनेश अधिकारीले २/२ विकेट लिएका थिए ।
यसअघि गण्डकी प्रदेश, एपिएफ र त्रिभुवन आर्मी क्लबसँग पराजित भएको प्रदेश १ प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेको छ ।
यसअघिका दुई खेलमा एक जित र एक हार बेहोरेको कर्णालीको सेमिफाइन प्रवेशको सम्भावना जिवित छ ।