ओलीले मलाई र प्रचण्डलाई जेलमा कोच्ने योजना बनाएका थिए – Nepal Press
सम्पादहरूसँगको अन्तरक्रियामा माधव नेपाल

ओलीले मलाई र प्रचण्डलाई जेलमा कोच्ने योजना बनाएका थिए

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले २०७१ सालमा केपी ओली अध्यक्ष भएपछि एमालेको ओरालो यात्रा शुरू भएको बताएका छन् ।

सम्पादहरुसँगको अन्तरक्रियामा नेपालले भने- ‘हाम्रो त बिजोग भो । ओलीबाट धेरै पीडा पाइयो । मनको बह कसलाई कह भनेर बसेका थियौं ।’ ओलीले पार्टी एकताको प्रस्ताव ल्याउँदा राहत महसुस गरे पनि पुन: विधि मिच्न थालेको उनको दु:खेसो थियो ।

‘ केपीले बैठकमा एकताको प्रस्ताव ल्याएपछि ओलीको पेलान र प्रवृतिबाट मुक्ति पाइने भयो भनेर ठूलो राहत महसुस भयो । तर, एकतापछि फेरि विधि मिच्न थालियो। अस्पतालमा बैठक बोलाइयो, बालकोटमा बैठक बोलाउने काम भो अहिले हामी ओलीबाट मुक्त भएका छौँ’, नेपालले भने ।

नेपालले भने- ‘ओलीले पहिलो नम्बरमा मलाई जेल कोच्ने र त्यसपछि प्रचण्डलाई जेल कोच्ने योजना बनाएको थिए । ललिता निवास प्रकरण त्यहीँको योजनाबाट थियो ।’


प्रतिक्रिया

5 thoughts on “ओलीले मलाई र प्रचण्डलाई जेलमा कोच्ने योजना बनाएका थिए

  1. यस्तै अभिव्यक्तिका कारण पुराना पुस्ताका सबैलाई दुत्कार्ने मानिसको संख्या बढ्दो छ. पूर्व प्रधानमन्त्री, संविधान निर्माता, १५ वर्षीय सर्वोच्च नेतृत्व सम्हालेका आदरणीय व्यक्तिले प्रधानमन्त्रीले चाहनासाथ कसैलाई पनि जेलमा हालिदिन सक्छन भन्ने संदेश कसरी दिनु भयो? उत्ताउलिएर, आत्तिएर कि कानुनको शासन मान्नेले आफ्नो स्पष्टिकरण दिन पाउँछ भन्ने विश्वास नभएर? विश्वास नभए त्यसको कारण के? तपाइले बनाएको संविधानमा त्यस्तो प्रावधान राख्नु भएको छ? छ भने कोच्चिनुस. खुसि लाग्ने छ .

  2. माधव नेपालले ललिता निवासकाे सरकारी जमिन मानिसलार्इ बाँडेर अपराध गरेका थिए । त्याे अपराधकाे सजाय पाउने डरले उनले प्रचण्डकाे पाउ समाए । त्याे जग जहाहेर कुरा थियाे । अाफैँले खुलस्त फेरि बताउछन् । उनलार्इ अाफैँले चिनाए । अब उनका समर्थमनमा लागेकाहरूकाे विवेक पलाउला कि ? प्रचण्डकाे अपराधकाे पहाड त सबैलार्इ थाहै छ । भ्रष्टचारी, अपराधि र देशद्राेहीहरूकाे फरक माेर्चा क्लियर भएकाे छ ।

  3. माकुने साच्चै बहुलाइ सक्या जस्तो लाग्यो ,ओलि ले सुनाएको ड्रागन को कथा मिल्न सक्छ है ,विधि र पदती भन्न नछुटाउने माकुने लाई किन जेल देखि त्यति बिघ्न डर हो ? ललिता निवास बेचेर आएको पैसा लिएको छैन भने किन डराउने यदि दोसि हो भने माकुने को मुख हेर्नू पर्ने जरुरी छ जस्तो त लाग्दैन

  4. ए कुरा त यो पो रहेछ किन प्रचन्ड – नेपाल यत्ती बेचैन्, आक्रोशित अनी आक्रामक भए भनेको त !! गल्ती गरेको छौ र त आत्तिएु यसरी !! ओलिले हैन नि, अख्तियारले भनेर पुलिश्ले लाने हो जेलमा !! ओलिले चाहेर पनि रोकिने छैन तिमीहरुको त्यता तिरको यात्रा !! ढिलो या छिट्टो मात्र हो, नेपालमा कानुन सबैलाई बराबर लाग्न थालेको छ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर