नेकपानिकट पत्रकार पनि विभाजित, दुवै पक्षले बोलाए अलग-अलग भेला – Nepal Press

नेकपानिकट पत्रकार पनि विभाजित, दुवै पक्षले बोलाए अलग-अलग भेला

काठमाडौंमा प्रचण्ड-माधव पक्षधर पत्रकारहरुको विरोध प्रदर्शन

काठमाडौं । नेकपा विभाजनसँगै त्यस पार्टीसँग नजिक रहेका पत्रकारहरु पनि औपचारिक रुपमा विभाजित भएका छन् । नेकपासम्बद्ध प्रेस संगठनका अलग-अलग भेला आयोजनासँगै पत्रकारहरुको विभाजन भएको हो ।

प्रचण्ड-माधव नेपाल पक्षधर पत्रकारहरुको भेला आज काठमाडौंको प्रज्ञा भवनमा भइरहेको छ । भेलालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने संगठनका नेता राजेश राईले बताए ।

भेलाअघि प्रचण्ड-माधव पक्षधर पत्रकारहरुको र्‍याली भृकुटीमण्डपबाट शुरु भएर प्रज्ञा भवन पुगेको थियो । भेलाका सहभागीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र प्रतिगामी भन्दै नारा लगाएका थिए ।

भेलामा देशभरका संगठनका नेताहरु सहभागी भएका छन् । केपी ओली पक्षले पनि माघ ८ गते राष्ट्रिय भेला बोलाएको छ । संगठनका संयोजक महेश्वर दाहाल प्रचण्ड-माधव पक्षमा छन् भने सहसंयोजक गणेश बस्नेत ओली पक्षमा छन् ।

प्रचण्ड-माधव पक्षका पत्रकारहरूको विरोध प्रदर्शनका तस्बिरहरू –

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर