राज्यमन्त्रीबाट पदमुक्त भएका दुगड बने प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार – Nepal Press

राज्यमन्त्रीबाट पदमुक्त भएका दुगड बने प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार

काठमाडौं । नेकपा विभाजनपछि मन्त्रिपरिषद पुनर्गठनका क्रममा पदमुक्त भएका तत्कालिन उद्योग राज्यमन्त्री मोतिलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।

नेपाल सरकारको मन्त्री सरहको मर्यादा कायम हुने गरि प्रधानमन्त्री ओलीले दुगडलाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् । उनले राज्यकोषबाट तलब सुविधा भने पाउने छैनन् ।

अवैतनिक सल्लाहकारमा नियुक्त भएका दुगड नेकपाबाट प्रतिनिधिसभामा समानुपातिक सांसद थिए । उनी चीर परिचित उद्योगपति हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर