आर्मीले कर्णालीलाई दियो १९६ रनको लक्ष्य, अनिलको अर्धशतक – Nepal Press

आर्मीले कर्णालीलाई दियो १९६ रनको लक्ष्य, अनिलको अर्धशतक

काठमाडौं । अनिल मन्डलको अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत जारी खेलमा कर्णाली प्रदेशलाई १ सय ९६ रनको विजय लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले ४३.१ ओभरमा सबै विकेट गुमाएर १९५ रनको योगफल तयार पारेको छ ।

विभागीय टोली आर्मीका लागि ओपनर राजु रिजाल शून्यमा पेभेलियन फर्किँदा अनिल मन्डलले ११४ बलमा १४ चौकासहित ८९ रनको अर्धशतकीय इनिङ खेले । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहित पौडेल ११ तथा हरि चौहान ७ रनमा आउट हुँदा कप्तान विनोद भणडारीले ५५ बलमा ३ चौका र १ छक्कासहित ४१ रन बनाए ।

भीम सार्की र साहब आलम शून्य, राजेश पुलामी मगर १६, लोकेश बम १३ र जितेन्द्र मुखिया १ रनमा आउट हुँदा सुशन भारी ४ रनमा अविजित रहे ।

कर्णालीका लागि दिनेश अधिकारीले ७ ओभरमा २७ रन खर्चेर २, राज साहले १० ओभरमा १ मेडनसहित २, दिवान पुनले १० ओभरमा १ मेडनसहित ३९ रन खर्चेर २ विकेट लिँदा अनुज चुनारा, युनिश सिंह र रबिन्द्र शाहीले १/१ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर