नेपाल पुलिसविरुद्ध बाग्मतीले फिल्डिङ रोज्यो – Nepal Press

नेपाल पुलिसविरुद्ध बाग्मतीले फिल्डिङ रोज्यो

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिवि क्रिकेट मैदानमा हुने खेलमा विभागीय टोली साविक विजेता नेपाल पुलिसविरुद्ध बाग्मती प्रदेशले टस जितेर फिल्डिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केही बेरमा सुरु हुने खेलमा जित हासिल गर्दै पुलिस उपाधि रक्षा अभियानको सुखद् सुरुआत गर्न चाहन्छ । त्यस्तै राष्ट्रिय टोलीका कप्तानसहितका ठूला नाम भएको बाग्मती पनि पहिलो खेलमा जित निकाल्दै उपाधिमा दाबेदार‌ी प्रस्तुत गर्न चाहन्छ ।

शुक्रबार भएको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मीले गण्डकी प्रदेशमाथि ९८ रनको जित हासिल गरेको थियो । त्यस्तै शनिबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रदेश नम्बर १ लाई १३५ रनले पराजित गरेको थियो ।

१७ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता छ । प्रतियोगिता त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ ।

कोरोना महामारीपछि नेपाल क्रिकेट संघले अघिल्लो महिना दाङको लमहीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सन्चालन गरेको थियो । पुरुषहरुको प्रतियोगिता पहिलोपल्ट आयोजना गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर