पेरेराको दुई गोलमा वेस्ट ब्रोम विजयी – Nepal Press

पेरेराको दुई गोलमा वेस्ट ब्रोम विजयी

एजेन्सी । म्याथ्युज पेरेराको दुई गोलप्रेरित वेस्ट ब्रोमले शनिबार राति इङ्लिस प्रिमियर लिगमा वुल्भ्सलाई २–३ को नतिजामा पराजित गरेको छ । वुल्भ्सको मैदानमा भएको खेलको आठौं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै पेरेराले भ्रमणकारी वेस्ट ब्रोमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको खेल सकिन सात मिनेट बाँकी रहँदा वुल्भ्सले फ्याबियो सिल्भाले बराबरी गोल फर्काएका थिए । पुन: ४३औं मिनेटमा विली बोलीले गरेको गोलसँगै वुल्भ्सले पहिलो हाफमा २–१ को अग्रता बनाएका थियो ।

तर, दोस्रो हाफमा रक्षापंक्ति सम्हाल्न नसक्दा घरेलु मैदानमा वुल्भ्सले पराजय बेहोर्नु पर्‍यो । सेमी अजयीले ५२औं मिनेटमा गोल गर्दै वेस्ट ब्रोमलाई २–२ को बराबरीमा फर्काएका थिए । त्यसको चार मिनेट नबित्दै वेस्ट ब्रोमले दोस्रो पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दैै पेरेराले भ्रमणकारी वेस्ट ब्रोमको जित सुनिश्चित गरे ।

जितसँगै १९औं स्थानको वेस्ट ब्रोमले १८ खेलबाट ११ अंक जोडेर आफूभन्दा माथि भएको बर्न्लीसँगको अंक दूरि एकमा पुर्‍याएको छ । पराजित वुल्भ्सले १९ खेलबाट २२ अंक जोडेर १४औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर