माधव नेपाल भन्छन्: केन्द्रीय सदस्य बनाइदिने डरले राम्रा मान्छे बालुवाटारको बाटो हिँड्नै छाडे – Nepal Press

माधव नेपाल भन्छन्: केन्द्रीय सदस्य बनाइदिने डरले राम्रा मान्छे बालुवाटारको बाटो हिँड्नै छाडे

दाङ। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ‘सन्काहा शासक’ भएको टिप्पणी गरेका छन्।

शनिबार आफू पक्षीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न तुलसीपुर आएका उनले ओलीले पार्टीको विधान र संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गरी सन्की शासकको परिचय दिएको टिप्पणी गरे। नेपालले भने– केपी ओली कम्युनिष्ट आचारण भएको मान्छे नै होइनन्। उनी त पार्टीको विधान र मुलुकको संविधान नै नमान्ने सन्की शासक हुन् ।

आफ्नो गुटमा आउने जोकोहीलाई पनि केन्द्रीय सदस्य बनाएर ओलीले केन्द्रीय सदस्य पदको गरिमा नै घटाएको उनले टिप्पणी गरे। ‘केपी ओलीले हैसियत नै नभएकालाई पनि केन्द्रीय सदस्य बनाउँदै हिँडेका छन्,’ उनी भन्छन्, ‘राम्रा मान्छे केपीले केन्द्रीय सयदस्य बनाइदिने डरले बालुवाटारको बाटो नै हिँड्न छाडिसके ।’

कार्यकर्ता भेलामा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान र लोकतन्त्रमाथि प्रहार गरी गणतन्त्र नै मास्न खोजेको आरोप लगाए।

त्यसैगरी स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्री ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर गम्भीर अपराध गरेको आरोप लगाए। उनले ओली गरेको अपराध अक्षम्य भएको दावी समेत गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर