कांग्रेस टुलुटुलु हेरेर बस्दैन: प्रकाशमान सिंह – Nepal Press

कांग्रेस टुलुटुलु हेरेर बस्दैन: प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएकाे अधिकार प्रयाेग गरेर प्रतिनिधिसभा विघटन सिफारिस गरेकाे भन्दै कांग्रेस टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरूद्द शनिबार वसन्तपुरमा आयाेजित सभामा बाेल्दै उनले प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठान्न मिल्छ ? भन्दै प्रश्न पनि गरे । उनले राष्ट्रपति, प्रधानमन्त्री, सांसद सबैले संविधानकाे पालना गर्नुपर्ने बताए ।

‘मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?’ नेता सिंहले भने, ‘कांग्रेसकाे नेतृत्वमा संविधान जारी भएकाे हाे । निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन ।’

उनले संविधानकाे बर्खिलापमा प्रधानमन्त्रीले गरेकाे सिफारिस राष्ट्रपतिले अनुमाेदन गर्न पाइन्छ भन्दै प्रश्न गरे । संविधानकाे पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिकाे दायित्व भएपनि राष्ट्रपति त्यसमा चुकेकाे उनकाे भनाइ थियाे ।

त्यस्तै उनले सरकारले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्दा, जनतालाई नियन्त्रण गर्ने विधेयक ल्याउँदा प्रचण्ड, माधव नेपल,झलनाथ खनाल, बाबुराम भट्टराईहरू कत‌ै नबाेलेकाे भन्दै अहिले पार्टीमा लेनदेन नमिलेपछि बाेल्न थालेकाे बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर