माधव नेपालको निष्कर्ष– प्रचण्ड जस्तो इमानदार अरु छैन, बामदेवको अभियान सफल हुन्न – Nepal Press

माधव नेपालको निष्कर्ष– प्रचण्ड जस्तो इमानदार अरु छैन, बामदेवको अभियान सफल हुन्न

दाङ । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले बोली र व्यवहारमा प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही नभएको अनुभव सुनाएका छन् ।

दाङमा शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपालले भने–विध्वंशको अर्को नाम केपी ओली हो । प्रचण्ड जस्तो व्यवहारमा इमान्दार नेता अरु छैनन् । केपी ओलीमा त नैतिकतानै छैन ।

अर्को प्रसंगमा नेपालले कांग्रेस सभापति शेरवहादुर देउवासँगको प्रचण्ड र आफ्नो भेटपछि संयुक्त आन्दोलनको वातावरण बनेको बताए । उनले चाँडैनै कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने र प्रतिनिधिसभा पुनःस्थापना भएपछि कांग्रेससँगै मिलेर सरकार बनाउने बताए ।

नेपालले केपी ओलीसँग केही व्यक्ति नेकपाबाट चोइटिएर गए पनि त्यसले पार्टीलाई असर नपर्ने दावी गरे । नेपालले पार्टी मिलाउने बामदेव गौतमको अभियान बालुवा पेलेर तेल निकाल्नु जस्तै रहेको टिप्पणी गरे ।

उनले ओली कहिल्यै नसुध्रिने जन्तु भएकाले अब पार्टी एकता सम्भव नरहेको समेत बताए । नेपाल सहित नारायणकाजी श्रेष्ठ,कृष्णवहादुर महरा,वर्षमान पुन लगायतका नेता दाङमा आयोजना हुने कार्यकर्ता भेलामा सहभागी हुँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर