आजको मौसम: तराईमा बाक्लो हुस्सु, प्रदेश १ र बाग्मतीमा पानी पर्ने सम्भावना – Nepal Press

आजको मौसम: तराईमा बाक्लो हुस्सु, प्रदेश १ र बाग्मतीमा पानी पर्ने सम्भावना

काठमाडौं । अहिले देशमा बंगलादेश र आसपासमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको हुँदा आजको मौसममा परिवर्तन देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

हाल प्रदेश १ का पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने बाकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । देशका तराईका भू-भागमा बाक्लो हुस्सु-कुहिरो लागेको महाशाखाले जानकारी दिएको छ ।

आज दिउँसो प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने र प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले बताएको छ । बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिएको छ । प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

शनिबार राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू-भागहरू साथै सुदुर पश्चिम प्रदेशका तराइका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर