नागरिक एपको प्रयोगले भ्रष्टाचार अन्त्य हुने प्रधानमन्त्री ओलीको भनाइ – Nepal Press

नागरिक एपको प्रयोगले भ्रष्टाचार अन्त्य हुने प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको नागरिक एपको प्रयोगबाट भ्रष्टाचार अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज एप सार्वजनिक कार्यक्रममा ओलीले भिडियो सन्देश दिँदै सरकार नागरिकलाई सबै सेवा सरल र सहजरुपमा दिन तयार रहेको भन्दै सुशासनमा वृद्धि हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आगामी दिनमा एप्समा सवारी कर, अनुमतिपत्र लोक सेवालगायत सेवालाई पनि जोड्दै जाने बताए । उक्त एप बढीभन्दा बढी प्रयोेग गरी फाइदा लिन प्रधानमन्त्री ओलीले आग्रह गर्दै युवा पुस्ताले यसको प्रयोगको अगुवाइ गर्ने विश्वास व्यक्त गरे ।

परीक्षणका रुपमा नागरिक एप सुरु भएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले हरेक सरकारी सेवालाई सूचना तथा सञ्चार प्रविधिसँग जोडेर सेवा दिनु सरकारको कर्तव्य भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर