प्रचण्ड–माधव पक्षले थाल्यो ओलीलाई निष्काशनको प्रक्रिया – Nepal Press

प्रचण्ड–माधव पक्षले थाल्यो ओलीलाई निष्काशनको प्रक्रिया

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधरण सदस्य समेत नरहने गरि कारबाही किन नगर्ने भनि स्ष्टीकरण सोध्ने भएकोछ।

शुक्रबार सकिएको स्थायी कमिटी बैठकले महासचिव विष्णु पौडेललाई समेत कारबाहीका लागि स्ष्टीकरण सोध्ने निर्णय गरेको स्थायी कमिटी सदस्य गाणेश साहले जानकारी दिए।

‘प्रक्रिया पुर्याउन स्पष्टीकरण सोधिएको हो,’ साहले भने, ‘अब केन्द्रीय कमिटीले चाँडै निष्काशनको औपचारिक निर्णय गर्छ।’

यसअघि प्रचण्ड–माधव पक्षले ओलीलाई पार्टी अध्यक्षबाट मात्रै हटाएको थियो । महासचिव विष्णु पौडेललाई भने कुनै पनि कारबाही गरेको थिएन।

दुई दिनदेखी जारी स्थायी कमिटी बैठकले माघ १६ गते राजधानीमा विशाल जनप्रदर्शन गर्ने निर्णय समेत गरेको छ।

(यसअघि निष्काशनको निर्णय भनिएकोमा केन्द्रीय कमिटीले निर्णय गर्नुअघि स्पष्टिकरण सोधिएको हुनुपर्नेमा सच्याइएको छ । -सम्पादक)


प्रतिक्रिया

2 thoughts on “प्रचण्ड–माधव पक्षले थाल्यो ओलीलाई निष्काशनको प्रक्रिया

  1. मर्ने बेलामा कमिलाको प्वाँख आँउछ भन्थे, प्रचण्ड/माकुने/झल्लुको काल आयो ….

  2. सूर्य चिन्ह त हटाएछन् । वाँसुरी चिन्ह राख्छन् कि क्याहो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर