संवैधानिक इजलासमै न्यायाधीश थप्न एमिकस क्युरीको सुझाव – Nepal Press

संवैधानिक इजलासमै न्यायाधीश थप्न एमिकस क्युरीको सुझाव

प्रधानन्यायाधीशले सम्झाए ५ जनामात्र रहने संवैधानिक व्यवस्था

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अदालतलाई राय दिन गठित एमिकस क्युरीले संवैधानिक इजलासमै न्यायाधीश थपेर सुनुवाइ गर्न सुझाव दिएको छ ।

मुद्दाको सुनुवाई बृहत् पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमै भन्ने बहस चलिरहेको बेला एमिकस क्युरीको राय मागिएको थियो ।

बहसमा भाग लिँदै एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले न्यायाधीश थप्न सुझाव दिएका हुन् । तर उनलाई प्रतिप्रश्न गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले भने संविधानमै संवैधानिक इजलासमा ५ जना रहने व्यवस्था रहेको स्मरण गराएका छन् ।

एमिकस क्युरीमा नेपाल बार एशोसियसनबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र बिजयकान्त मैनालीले प्रतिनिधित्व गरेका छन् भने सर्वोच्च बारबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर