राप्ती प्रतिष्ठानमा नेत्र विशेषज्ञसहितको सेवा शुरु – Nepal Press

राप्ती प्रतिष्ठानमा नेत्र विशेषज्ञसहितको सेवा शुरु

दाङ । नेपाल नेत्रज्योती संघ दाङले सन्चालन गरेको घोराही आँखा उपचार केन्द्र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ ।

संघले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई स्वामीत्व र जिम्मेवारिसहित केन्द्र हस्तान्तरण गरेको हो । अस्पतालको आँखा बिभागको आजै उद्घाटन गरिएको छ ।

प्रतिष्ठानकी उपकुलपती प्राडा संगीता भण्डारीको उपस्थितिमा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले आँखा बिभाग उद्घाटन गरे ।

दुई जना नेत्र विशेषज्ञसहितको सेवा अब सर्बसाधारणले पाउने र आँखाको शल्यक्रियासमेत सन्चालन हुने नेत्र विशेषज्ञ प्रज्ञा बस्नेतले जानकारी दिइन् । बस्नेतले आँखाको स्नातकोत्तर पढाइ पनि छिट्टै हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *