आज २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै – Nepal Press

आज २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं । बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा भन्ने मूल नाराका साग आज २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।
विस १९९० माघ २ गते गएको महाभूकम्पको सम्झानामा सरकारले २०५५ सालदेखि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालेको हो ।

भूकम्प सुरक्षा दिवस मनाएर जनचेतनाका लागि प्रयास गरिए पनि यसको कार्यान्वयन प्रभावकारी बन्न नसकेको २०७२ साल बैशाख १२ मा गएको अर्को भूकम्पबाट भएको क्षतिले नै पुष्टि गर्छ । गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पले करिव ९ हजार नागरिकको मृत्यु भएको थियो ।

नेपाल यसै पनि भूकम्पको उच्च जोखिममा रहेको देशमध्येमा पर्छ । यहाँ ८० देखि १ सय वर्षको अन्तरमा ठूला र विनाशकारी भूकम्प जाने गरेको पाइन्छ । २०७२ को भूकम्पबाट भएको भौतिक क्षतिको पुनर्निर्माण कार्यक्रम अहिलेसम्म पनि सम्पन्न भइसकेको छैन ।

यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले भविश्यमा आउन सक्ने भूकम्प लगायत कुनै पनि विपदका कारणले हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्ने सम्पूर्ण मुलुक एकढिक्का भएर लागि पर्न आह्वान गरेका छन् ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले बिपद जोखिम न्यूनीकरणका लागि सेन्डाई फ्रेमवर्क, दीगो विकास लक्ष्यहरु तथा पेरिस सम्झौता लगायतका अन्तर्राष्ट्रिय अनुबन्धरुले तय गरेका प्राथमिकता र लक्ष्यहरुलाई आधार मानेर नेपालको मौलिक कार्ययोजनाका साग अगाडि बढ्नुपर्ने आवश्यकता औल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *