वामदेवले जति बालुवा पेले पनि तेल निस्कँदैन– माधव नेपाल – Nepal Press

वामदेवले जति बालुवा पेले पनि तेल निस्कँदैन– माधव नेपाल

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री कपी शर्मा ओली कहिल्यै नसुध्रिने मान्छे भएकाले पार्टी एकता गर्ने वामदेवको प्रयास सफल नहुने दावी गरेका छन् ।

प्रचण्ड–माधव पक्षधर नेकपा काठमाडौंले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले २०५१ सालदेखि नै केपी ओलीले पार्टीमा गुट चलाउँदै अलग पार्टीको अभ्यास गरेको आरोप लगाए ।

नेपालले भने– कमरेड वामदेव गौतम अहिले बालुवा पेल्दै हुनुहुन्छ । प्रचण्डले पनि ‘कुकुरको पुच्छर सोझिन्छ कि’ भनेर तेल लगाउनुभयो । तर बालुवा पेलेर तेल निस्कनेवाला छैन । केपी ओली सुध्रिने मानिस होइन, झुक्ने मानिस होइन । उनले भाँच्छन् तर झुक्दैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर