मंगलबार थपिए ४३० संक्रमित, ५ को मृत्यु – Nepal Press

मंगलबार थपिए ४३० संक्रमित, ५ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशैभरको प्रयोगशालामा ५३०० नमुना परीक्षण गर्दा महिला १७७ र २५३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार६९८ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमित ४ हजार ४०८ जना छन् । यस्तै आज ५२७ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।

साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ५९ हजार ३५८ पुगेको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट५ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १९३२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.