प्रधानमन्त्री कार्यालयमा छलफल : दिनमा ४–५ पटक बत्ति जान्छ ? – Nepal Press

प्रधानमन्त्री कार्यालयमा छलफल : दिनमा ४–५ पटक बत्ति जान्छ ?

काठमाडौं ।

प्रश्न १ : दिनमा ४–५ पटक किन बत्ति किन जान्छ ?

प्रश्न २ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा समेत गुनासो आउन थाल्यो किन यस्तो हुन थाल्यो ?

प्रश्न ३ : साच्चिकै लोडसेडिङ हुन थालेको हो कि के हो ?

नेपाल विधुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई यसरी नै प्रश्न गरे प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलीयाले ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारको बैठक कक्षमा भएको छलफलमा थपलीयाले यस्तो प्रश्न गरे पछि प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक शाक्यले भने– धेरैले हामीलाई पनि यस्तै प्रश्न गर्न थालेका छन् । जे होस पछिल्लो समय प्राविधिक हिसावले केहि समस्या देखिएकै हो । यस अघिका वर्षमा सेवाग्राही अन्य काममा बाहिर व्यस्त हुने गरेको थिए । तर कोरोना पछि भने मान्छेले प्रविधिको प्रयोगबाट धेरै काम गर्न थालेकाले पनि त्यस्तो महसुस भएको हो ।

विधुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक शाक्यको जवाफ प्रधानमन्त्रीका विकास विज्ञ थपलीयालाई खासै चित्त बुझेन । चित्त नबुझेपछि थपलियाले शाक्यलाई रोके र भने- विधुत प्राधिकरण काठमाडौंका विभिन्न वितरण केन्द्र हेर्ने कार्यालय प्रमूख फेरिएकाले पनि बेला बेलामा विधुत जाने गरेको छ, विधुत जाने वित्तिकै सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिकले गाली गर्न थालेका छन् । किन यस्तो भएको हो ?
छलफलमा सहभागि भएका काठमाडौं उपत्यकाका १० वटा वितरण केन्द्रका प्रमुखलाई पालै-पालो आफ्नो परिचय दिएर कुरा राख्न थपलीयाले मौका दिए ।

थपलीयाले बोल्ने मौका दिएसँगै क्रमस बानेश्वर, महाराजगञ्ज, कुलेश्वर, रत्नपार्क, बालाजु, भक्तपुर, पुल्चोक, किर्तीपुर, लगनलेख र चावहिल वितरण केन्द्रका प्रमूखले पालैपालो विधुतमा आएको समस्याबारे बताए ।

उनीहरुले घुमाइ फिराइ विधुत वितरणमा खासै समस्या नभएको जवाफ दिए । कहि कतै ट्रान्सफर्रर पड्किने, कतै केवल लाइन विस्तार, सडक विस्तार, खानेपानीको लाइन बिस्तारका क्रममा पनि समन्वय नभएका कारण कहिलेकाहि समस्या अउने गरेको बताए ।

उनिहरुले आफ्नो कुरा राखेर सक्ने बित्तिकै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव एवम पुर्वाधार विकास महाशाखा प्रमुख कृष्णबहादुर राउतले आफू एक सेवाग्राहीका रुपमा प्रश्न राख्ने अनुमति मागे । विकास व्यवस्थापन विज्ञ थपलीयाले राख्न अनुमति दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवम पुर्वाधार विकास महाशाखा प्रमुख रावतले भने- म ठिमी भक्तपुरमा बस्छु । अहिले पनि मेरो घरमा दिनमा ५ देखि ६ पटक विधुत जान्छ । आजभोली कै कुरा हो । मैले विधुत गए पछि नो लाइटमा फोन गरेर किन विधुत गएको भनेर प्रश्न गरे । तर नो लाइटका कर्मचारीले जवाफमा भोलि कार्यालय खुलेपछि मात्र समस्या समाधान हुन्छ भनेर जवाफ दिए । सेवाग्राहीको गुनासो आउने बित्तिकै किन सम्बोधन हुदैन ?


प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव एवम पुर्वाधार महाशाखा प्रमुखले नै यस्तो प्रश्न राखेपछि प्राधिकरणका कर्मचारी लगायत बैठक कक्ष नै एक पटक मौन बस्यो । प्राधिरणका १० वटै वितरण केन्द्रका प्रमूख र विधुत प्राधिकरणका प्रमूख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यविच हेराहेर नै पर्यो ।

शाक्यले भने- नेपाल विधुत प्राधिकरण सामान्य रुपमा विधुत अवरुद्ध हुनुका कारणको खोजी गरिरहेको छ । प्राधिकरणले स्मार्ट मिटर जडानको कार्यलाई पनि तिव्रता दिएको छ । काठमाडौं उपत्यकामा जुनसुकै समस्या देखिए पनि जतिसक्दो चाडैँ पत्ता लगाएर समाधान गर्ने बाटोतिर प्राधिकरण लागेको छ ।

प्राधिकरणका गुनासा र समस्या सुनेपछि थपलियाले बेला बेला विधुत अवरुद्ध हुँदा पनि प्रश्न चाहिँ प्रधानमन्त्रीलाई उठ्ने गरेको र त्यसमा विरोधीहरु सक्रिय रहेको सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर