संसद विघटन राजनीतिक अपराध, प्रधानमन्त्रीलाई बहिस्कार गरौं– रामकुमारी झाँक्री – Nepal Press

संसद विघटन राजनीतिक अपराध, प्रधानमन्त्रीलाई बहिस्कार गरौं– रामकुमारी झाँक्री

विराटनगर । नेकपा (प्रचण्ड–माधव) पक्षकी नेतृ रामकुमारी झाँक्रीले संसद विघटन गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक अपराध भएको टिप्पणी गरेकी छिन् । उनले राजनीतिक अपराध गरेको प्रधानमन्त्री ओलीलाई सार्वजनिक रुपमै बहिस्कार गर्नुपर्ने बताइन् ।

प्रचण्ड–माधव पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन मोरङ जिल्ला कमिटीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले भनिन्– सनकको भरमा संविधानको चीरहरण गर्ने ओली र तीनका मतियारलाई आन्दोलनबाटै पदच्यूत गर्ने मात्रै होइन, बहिस्कार नै गर्नुपर्छ ।

प्रधानमन्त्रीले पानीजहाज, हावाबाट बिजुली जस्ता कुरा गरेर समय खेर फालिरहेको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर