संसद विघटनविरुद्ध कांग्रेसले देशभर प्रदर्शन गर्दै – Nepal Press

संसद विघटनविरुद्ध कांग्रेसले देशभर प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ । पुस ५ गते गरिएको प्रतनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै कांग्रेस आन्दोलनमा उत्रिएको हो ।

आजको प्रदर्शनलाई कांग्रेसले प्रदेशसभा क्षेत्रमा केन्द्रीत गरेको छ । देशभरका ३ सय ३० प्रदेशसभामा क्षेत्रमा विरोध प्रदर्शन र सभा हुने कांग्रेसले जनाएको छ ।

अधिकांश केन्द्रीय नेताहरु आफ्नै क्षेत्रमा आयोजना हुने विरोधसभामा सहभागी हुनेछन् । काठमाडौंको बानेश्वरमा प्रकाशमान सिंह , चाबहिल र कपनमा गगन थापा तथा प्रदर्शनीमार्गमा प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर