कमल थापाको मत– अदालतमा विचाराधीन विषयमा दवाव दिनु गलत – Nepal Press

कमल थापाको मत– अदालतमा विचाराधीन विषयमा दवाव दिनु गलत

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले अदालतमा विचाराधीन मुद्दामा दवाव तथा प्रभाव पार्ने काम कतैबाट हुन नहुने बताएका छन् । शुक्रबार चार पूर्व प्रधानन्यायाधीशहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विज्ञप्ति निकालेपछि अध्यक्ष थापाले अदालतमा विचारधीन विषयमा दवाव दिनु गलत भएको प्रतिक्रिया दिएका हुन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी केही संवैधानिक अस्पष्टता भए पनि अदालतमा बहस भइरहेको विषयमा दवाव दिनु नहुने उनको तर्क छ ।

शनिबार बिहान ट्वीट गर्दै थापाले भनेका छन्– संविधान कार्यान्वयनमा देखिएका विवाद, अस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको हो । प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक प्रावधानमा केही अस्पष्टता छ। सो अस्पष्टता हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने अवस्था छ । अदालतमा विचाराधीन विषयमा दवाव–प्रभाव पार्ने काम कतैबाट हुनुहुँदैन ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर