फोटो फिचर : मंगल ग्रहमा ३,००० दिन बिताएको रोबोटले के खिच्यो ? – Nepal Press
फोटो फिचर : मंगल ग्रहमा ३,००० दिन बिताएको रोबोटले के खिच्यो ?
नेपाल प्रेस २०७७ पुष २५ गते १५:४२
२०७७ पुष २५ गते १५:४२

अमेरिकी अन्तरिक्ष नियोग नासाले मंगल ग्रहमा पठाएको क्यूरिअसिटी नामक रोबोटले आगामी मंगलबार तीन हजार दिन पुरा गर्दैछ । सन् २०१२ मा उक्त ग्रहमा अवतरण गरेको रोबोटले सक्रियपूर्वक र विनो अवरोध काम गरिरहेको छ ।

मंगल ग्रहमा एकदिनमा २४ घन्टा ३९ मिनेट समय हुन्छ । क्यूअरसिटी रोभरले मंगल ग्रहमा केही लोभलाग्दा र महत्वपूर्ण तस्विर तथा भिडियोलाई पृथ्वीमा पठाएको छ । यी तस्विर एवं सूचनाहरु मंगल ग्रहमा मानव अस्तित्वका लागि भैरहेको खोजविन र अनुसन्धानलाई महत्वपूर्ण हुने ठानिएको छ ।

यसरी ग्रहण लाग्छ मंगल ग्रहमा (भिडियो) ।

सन् २०१८ मा यी तस्विर एवं भिडियो प्राप्त गरेपछि नासाका बैज्ञानिकलाई ठूलो हौसला मिलेको छ । उक्त रोबोटले मंगलको सतहलाई खनेर ढुंगे नमुना ‘दुलुथ’ संकलन गरेको थियो । केही भिडियोमा मंगल ग्रहका दुईवटा चन्द्रमाहरु फोबोस र डिमोसलाई देख्न सकिन्छ । क्यूआरसिटीले ३५ सेकेन्डको उक्त ट्रान्जिट पनि खिचेको छ ।

सन् २०१९ मा रोभरले लिएको यो दृश्य मङ्गल सतहको सबैभन्दा उच्च गुणस्तरको (९१.८ अर्ब पिक्सेल्स) पानारोमा हो।
क्युरिअसिटीले पृथ्वी र सौर्यमण्डलको तस्विर समेत खिचेको छ । मंगल ग्रहबाट पृथ्वी एउटा थोप्लोमात्र देखिन्छ ।
बलौटे ढुङ्गाको सतहमाको भिरालो थलो जसलाई उक्त रोबोटले पुरा गर्‍यो ।
अहिलेसम्म २९ पटक मंगलग्रहको जमिन खनेर क्यूअरसिटीले मंगल चट्टानको अनुसन्धान गरिरहेको छ ।

क्यूअरसिटीले मंगल सतहमा खनेर यस्ता प्वालहरु पारेको छ । यी चट्टानले मंगलमा खनिज र रसायनबारे अध्ययन गर्न सहयोग पुग्ने ठानिएको छ ।

मंगल ग्रहको सतहमा उठेको एउटा ठूलो तुफानको दृश्य ।
      

मंगलको बायुमण्डलमा हुने थोरै पानीका बाफले चिसो समयमा त्यहाँका पहाड वरपर बनाउने बादललाई पनि रोबोटले खिचेको छ । सन् २०१८ मा मंगलको सतहको ल्यान्डस्केप दृश्य पनि यसले खिचेको छ । उच्च गुणस्तरको १.८ अर्ब पिक्सेलको पानोरमा सट हो यो । क्यूअरसिटीले पृथ्वी र सौर्यमण्डलका अन्य ग्रहको समेत फोटो खिचेको छ ।

केही पानी बाफिएर मंगलको सतहमाथि उडेका बादलको भिडियो ।

रोबोटले अहिलेसम्म सफलतापूर्वक २९ पटक मंगल ग्रहमा खनेर अध्ययन गरेको छ । त्यहाँ भेटिएका खनिज र रसायनले त्यहाँको पारिस्थितिक गतिविधि बुझ्न सहयोग पुग्ने ठानिएको छ । साथै रोबोटले मंगल ग्रहको आँधीलाई पनि खिचेको छ । नासाले मंगलमा खोजविनका लागि अर्को एउटा रोबोट पर्सिभरेन्स समेत पठाउने तयारी गरिरहेको छ ।