प्रचण्ड–माधव पक्षले सिडिओमार्फत प्रधानमन्त्रीलाई बुझायो विरोधपत्र – Nepal Press

प्रचण्ड–माधव पक्षले सिडिओमार्फत प्रधानमन्त्रीलाई बुझायो विरोधपत्र

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा देशभरका सिडिओमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनअन्तर्गत उनीहरुले सिडिओमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएका हुन् ।

विरोधपत्रका साथमा उनीहरुले प्रधानमन्त्रीलाई संविधानको पुस्तकसमेत दिएका छन् । र, उनीहरुले राष्ट्रका नाममा क्षमायाचनासहित गलत कदम सच्याउनसमेत प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् ।

उक्त समूहले आज बबरमहलमा भेला भएर काठमाडौंका सिडिओलाई पनि विरोधपत्र बुझाएका छन् । बबरमहल चोकमा भेला भई जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेर उनीहरुले विरोधपत्र बुझाएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर