प्रधानमन्त्री धनगढीमा, प्रचण्ड–माधव नेपाल पक्षको विरोध प्रदर्शन – Nepal Press

प्रधानमन्त्री धनगढीमा, प्रचण्ड–माधव नेपाल पक्षको विरोध प्रदर्शन

काठमाडौं । पार्टी विभाजनपछि पहिलोपटक काठमाडौं बाहिर निस्केका प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी पुग्दा सडकमा प्रचण्ड र प्रचण्ड-माधव नेपाल पक्षका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

कडा सुरक्षाबीच प्रचण्ड-माधव पक्षका कार्यकर्ताले कालो झण्डा र टायर बाल्न खोजे पनि उनीहरुलाई प्रहरीले भगाएका थियो । मध्यान्ह धनगढी विमानस्थलमा उत्रिदा प्रधानमन्त्रीलाई संघीय सरकारका चार मन्त्री सहित नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापा सहित सयौं कार्यकर्ताले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीको स्वागत ठाउँमा ब्यानर, स्वागतद्वार र मोटरसाइकल र्याली निकालिएको छ । नेकपा प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई केहीबेरमा प्रधानमन्त्रीले सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीको आगमनका कारण धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर