प्रदेश सरकार संघीयताको मुटु- मुख्यमन्त्री राई – Nepal Press

प्रदेश सरकार संघीयताको मुटु- मुख्यमन्त्री राई

माघ ७ गतेबाट सबै अन्योल हट्ने दावी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना संघीयताको मुटु भएको बताएका छन् । आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रालय पुगेका मुख्यमन्त्री राईले प्रदेश १ को आर्थिक अवस्थाबारे जानकारी लिएपछि संघीयताको मुटु प्रदेश भएजस्तै प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको बताए ।

मुख्यमन्त्री राईले भभने, ‘चालु आर्थिक बर्षको बजेट प्रस्तुत भएर पारित भइसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो ।’ समस्या पहिचान भएकाले उपचारको प्रकृया शुरु भइसकेको मुख्यमन्त्री राईको भनाई छ ।

प्रदेश सरकारले सही र यथार्र्थपरक बजेट बनाउन नसकेको र वित्तीय अनुशासन कायम नभएकोबारे विभागीय मन्त्रीलाई पटक–पटक सचेत गराएको उनले बताए ।

उनले मन्त्रालयमा देखिएको वेथितिलाई पूर्णरुपमा निर्मुल गर्न कर्मचारीलाई निर्देशनसमेत दिएका छन् । मुख्यमन्त्री राईले भन्नुभयो,‘ प्रदेशमा जसरी घटनाक्रम अघि बढेको छ, यसको भ्रममा नपर्नुहोला ।’ आगामी माघ ७ गतेको प्रदेशसभापछि अन्यौलता हट्ने उनले विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर