विदेशीको डिजाइनमा धर्मनिरपेक्षता लादियो: कमल थापा – Nepal Press

विदेशीको डिजाइनमा धर्मनिरपेक्षता लादियो: कमल थापा

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशीको डिजाइन अनुसार नेपाललाई धार्मिक, सांस्कृतिक उपनिवेश बनाउन धर्मनिरपेक्षता लादिएको दाबी गरेका छन्।

२०६२/६३ को आन्दोलनमा विदेशीको प्रभाव, प्रायोजन र लगानी रहेको भन्दै थापाले त्यो बाटोबाट मुलुक दुर्घटना हुने बुझेर नै राप्रपा र आफू गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको दाबी गरे।

हेटौंडामा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगत १४ वर्षको गलत अभ्यास र प्रयोगबाट वर्तमान व्यवस्था, प्रणाली र संविधानमाथि गम्भीर प्रश्नचिन्ह खडा भएको बताए।

संसद विघटनको घटनाबाट मुकुक थप जटिलतातर्फ फसेको थापाको भनाइ थियो। उनले लोभ, लालच र प्रलोभन दिई योजनाबद्ध रुपमा गाउँ–गाउँमा धर्म परिवर्तन गराउने काम भएको भन्दै कडा आपत्ति जनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर