थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि – Nepal Press

थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका प्रयोगशालामा ६ हजार ७०६ नमुना परीक्षण गर्दा ४०९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमित ५ हजार २२५ जना छन् । यस्तै आज ४९५ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।

साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ५६ हजार १६१ पुगेको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १८९९ पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर