प्रचण्डलाई ईश्वर पोखरेलको सुझाव– सीताजीको उपचारमा अलमल नहोस् – Nepal Press

प्रचण्डलाई ईश्वर पोखरेलको सुझाव– सीताजीको उपचारमा अलमल नहोस्

काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपाका नेता ईश्वर पोखरेलले विभाजित नेकपाका अध्यक्ष प्रचण्डलाई पत्नी सीता दाहालको उपचारमा कहिँ कतै अलमल नगर्न व्यंग्यात्मक सुझाव दिएका छन् ।

सीताको स्वास्थ्य लाभको कामना गर्दै पोखरेलले हालै प्रचण्डले नेपालको राजनीतिक समस्यामा भारतको सहयोग माग गरेको सन्दर्भ कोट्याउँदै सो समाचारसित जोडिएर सीताको उपचारमा अलमल नहोस् भनेका हुन् ।

पोखरेल फेसबुकमा लेख्छन्– हालै भारतीय संचार माध्यमहरूले ‘प्रचण्डले नेपालमा देखापरेको राजनीतिक समस्या समाधानका लागि खासगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखापरेको समस्या समाधानका लागि भारतसित सहयोगको माग गरे’ भन्ने समाचारसित जोडिएर सिताजीको उपचारमा कहिंकतै अलमल नहोस् भन्ने सुझाव दिन चाहान्छु । सिताजी चाँडै स्वास्थ्यलाभ गरी फिर्नुहोस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर