थप ४०३ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु – Nepal Press

थप ४०३ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २८२ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमित ५ हजार २८९ जना छन् ।

यस्तै आज ५९४ जना कोरोनामुक्त भएर घर फर्केका छन् । साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ५५ हजार ८८ पुगेको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १८८५ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर