हुम्लामा हिमपात- उडान अवरुद्ध, जनजीवन प्रभावित (फोटो फिचर) – Nepal Press
हुम्लामा हिमपात- उडान अवरुद्ध, जनजीवन प्रभावित (फोटो फिचर)
नेपाल प्रेस २०७७ पुष २० गते १०:२२
२०७७ पुष २० गते १०:२२

हुम्ला । मौसम बदलीसँगै देशका उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण हवाई उडानसमेत प्रभावित भएको छ । हुम्ला सदरमुकामको सिमकोट विमानस्थलमा उडान भर्न नसकेर दुई जहाज थन्किएका छन् । यहाँका नागरिकको दैनिकी प्रभावित भएको छ ।

पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली भएको छ । मौसम विज्ञान विभागले आज र भोलि देशभर बदली रही हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरेको छ ।

हेर्नुहोस्, हुम्ला सदरमुकाम सिमकोटमा परेको हिमपातका केही तस्वीर ।