कांग्रेस बैठकः सरकारविरुद्ध प्रदर्शन गर्ने सहमतिपछि केन्द्रीय समिति बैठक – Nepal Press

कांग्रेस बैठकः सरकारविरुद्ध प्रदर्शन गर्ने सहमतिपछि केन्द्रीय समिति बैठक

काठमाडौं । पदाधिकारी बैठकमा पुस २५ गते प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गर्ने सहमतिपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।

आजकै बैठकबाट प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न रामचन्द्र पौडेल पक्षले दबाब दिएपछि नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्न ढिला भएको थियाे ।

सहमति जुटाएरमात्र बैठक अघि बढाउन पार्टी कार्यालयमा सभापति शेरवहादुर देउवाको कार्यकक्षमा पदाधिकारीबीच छलफल भएकाे थियाे ।

यसअघि कांग्रेसले १६५ संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर