टोकियोमा आपतकाल घोषणाको तयारी, आजै केन्द्रीय सरकारलाई आग्रह – Nepal Press

टोकियोमा आपतकाल घोषणाको तयारी, आजै केन्द्रीय सरकारलाई आग्रह

जापानको राजधानी टोकियोमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि टोकियो महानगरले आपतकाल घोषणाको अन्तिम तयारी थालेको छ ।

जापानको सरकारी संचार सस्था एनएचकेले जनाए अनुसार टोकियो महानगरले आज साँझ आपतकाल घोषणाका लागि सरकारलाई औपचारिक आग्रह गरेको हो ।

टोकियोसँगै साइतामा, खानागावा र चिबा प्रिफेक्चरमा आपतकाल घोषणाका लागि सरकारसमक्ष आग्रह गरिएको टोकियो महानगरकी गभर्नर कोइकेलाई उद्धृत गर्दै समाचारहरु प्रकाशन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर