प्रचण्डले मिडियामा लगानी गरेर आफूमाथि प्रहार गरेको ओलीको आरोप (भिडियो) – Nepal Press

प्रचण्डले मिडियामा लगानी गरेर आफूमाथि प्रहार गरेको ओलीको आरोप (भिडियो)

नातागोताबाट सञ्चालित मिडियाबाट नेतृत्वलाइ खुइल्याउन खोजियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजित नेकपाका अध्यक्ष प्रचण्डमाथि विभिन्न सञ्चारमाध्यममा लगानी गरेर र परिवारका सदस्यबाट मिडिया संचालन गरेर आफूलाई खुइल्याउन निरन्तर प्रयास गरेको आरोप लगाएका छन् ।

नेकपा सम्बद्ध प्रवासी नेपाली मञ्चका विभिन्न देशका कार्यकर्तासँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै ओलीले नेतृत्वलाई खुइल्याएर मात्र आफू राम्रो बन्न सकिन्छ भन्ने सोचबाट यस्तो गरिएको बताए ।

ओलीले भने– सञ्चारमाध्यममा लगानी गर्ने, आफू निकटका व्यक्तिबाट सञ्चालित संचारमाध्यमबाट निरन्तर प्रहार गर्ने ? नातागोताबाट संचालित मिडियाबाट सरकार र लिडरशिपलाई खुइल्याउने नीति लिने र नतेृत्व कमजोर पार्ने निरन्तर प्रयास भयो ।

ओलीले तीन वर्षको अवधिमा एक दिन पनि पार्टीका नेताहरुले सरकारलाई सहयोग नगरेको र प्रतिपक्षलाई हाइसञ्चो दिएको टिप्पणी गरे । कसै गरे पनि प्रचण्डलाई सुधार्न आफूले नसकेको उनकाे भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर