राष्ट्रियसभाका एक सांसदसहित ५ कर्मचारीमा कोरोना पुष्टि – Nepal Press

राष्ट्रियसभाका एक सांसदसहित ५ कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं । राष्ट्रियसभाका एकजना सांसदलाई कोभिड १९ पोजेटिभ देखिएको छ ।

बिहीबार लिइएको स्वाब परीक्षणको नतिजामा एक सांसद सहित पाँचजना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

संसद सचिवालय स्रोतका अनुसार कर्मचारी र एक सांसदमा कोरोना पुष्टि भए पनि आज अपरान्ह शुरु हुने राष्ट्रियसभा बैठकलाई प्रभाव पर्ने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर